दर्जनभन्दा बढी सचिबहरुको सरुवा

काठमाडौं । सरकारले १ दर्जनभन्दा बढी सचिबहरुको सरुवा गरेको छ भने केही सचिबहरुलाई कायममुकायम सचिबको जिम्मेबारी दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्री परिषदको बैठकले सचिव नविन घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने संचारमा सूर्य सिलवाल, रक्षामा तिलकराम शर्मा, लोकसेवा आयोगमा ज्ञानदर्शन उदासलाई लगेको छ ।

 

बैठकले ५ जना सहसचिबलाई कायममुकायम सचिबको जिम्मेवारी दिएको छ ।  त्यस्तै मन्त्रीपरिषदले नेपाल प्रहरीका डिआइजी रामनाथ सिंहलाई एआइजीमा बढुवा गरको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि राशनमा समान मापदण्ड अपनाउने निर्णय गरेको छ ।

 
त्यस्तै खाडी मुलुकमा काम गर्न जाने महिलाको उमेर ३० बर्ष पुग्नुपर्ने पनि व्यवस्था गरिने भएको छ भने अफ्रिकी मुलुक म्यडाग्यासकरमा अलपत्र परेका नेपालीहरुको उद्धार पनि सरकारले नै गर्ने भएको छ ।