नेपाली सेनामा आजबाट नयाँ नेतृत्व आउँदैछ । प्रधानमसेनापति छत्रमान सिंह गुरुङले विदा लिनेभएपछि नयाँ नेतृत्वमा बलाधिकृत रथी गौरवशमसेर राणा आउनेछन् । विदा परेको भन्दै हिजो तयारी गरेपनि फेरि आजलाई सारिएको सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले बताए ।
प्रधानसेनापति छत्रमानसिंह गुरुङ आफ्नो तीनबर्स कार्याल सकिनु एक महिनाअगावै बिदामा बस्न लागेपछि आजबाट बलाधिकृत रथी राणाले नेपाली सेनाको नेतृत्व गर्न भएका हुन । राणालाई प्रधानसेनापति गुरुङले नेपाली सेनाको नेतृत्व हस्तान्तरण गर्नका साथै आवश्यक बरबुझारथ गर्न सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सरकारले आगामी शुक्रबारदेखि राणालाई कायम९मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरे पनि आज नै राणालाई सैनिक नेतृत्व सुम्पन लागेका हुन । प्रधानसेनापनि गुरुङले आगामी २४ भदौमा अनिवार्य अवकाश पाउँदै छन ।
सो अवधिसम्म कार्यवाह जिम्मेवारी सम्हाल्ने र २४ भदौबाट राणाले प्रधानसेनापतिको औपचारीक कार्यभार सम्हाल्ने छन् । २०३१ सालमा सहायक सेनानी ९सेकेन्ड लेफ्टिनेन्ट० बाट नेपाली सेनामा प्रवेश गरेका राणा गत वर्षमात्र रथीमा बढुवा भएका थिए ।