सिरीयाको सबैभन्दा ठुलो शहर एलोप्पोमाथि नियन्त्रण जमाउन सरकारी सेना र विद्राही पक्षविच भिषण संघर्ष जारी


 

सिरीयाको सबैभन्दा ठुलो शहर एलोप्पोमाथि नियन्त्रण जमाउन सरकारी सेना र विद्राही पक्षविच भिषण संघर्ष जारी छ । रणनीतिक दृष्टीले निकै महत्वपुर्ण मानिएको एलोप्पो शहरको उत्तरी जिल्ला सलाह अल दिन आप्mनो नियन्त्रणमा आएको दावि सरकारी सेनाले गरेको छ । तर यसको लगत्तै विद्रोही फ्रि सिरीयन आर्मीले पनि आफुहरुले जवाफी कारवाही गरी उक्त जिल्लामाथि फेरी विजय हासील गरेको बताएका छन् ।

सिरीयाको ठुलो शहर एलोप्पो रणनीतिक दृष्टीले निकै महत्वपुर्ण मानिन्छ । जारी संघर्षमा आप्mनो जीत सुनिश्चित गर्न दुबै पक्षले एलोप्पोलाई मुख्य निशाना बनाईरहेका छन् । सरकारी सेनासागको पछिल्लो संघर्षमा परी २० जना विद्रोहीहरुको मृत्यु भएको छ । यसैविच सिरीयाबाट भागेका प्रधानमन्त्री रियाद हिजाब हिजो मात्रै छिमेकी जोर्डन पुगेको आधिकारीक जानकारी जोर्डनका अधिकारीहरुले दिएका छन्।