रामनाम सत्य है . . .

अस्ती साउन उन्नाईस गते गाईजात्राको दिन, हामीले हाम्री दिवङ्गत आमाको गाई निकाल्यौं । देख्नेले “धूमधाम” भने । जात्रा निकाल्नुअघि हजुरबाले नातिको कट्टुमा ईजार हाल्न आफ्नो पुरानो लङ्गोटी च्यातेजस्तै, आफु पनि घर नबनाउने, अरुलाइ पनि बनाउन नदिने बाँदरका नयाँ सन्तान नेपाली नेताहरूले नेपालको अखण्डता र नेपालीहरूको एकतालाइ च्यात्चूत पारेर राज्यको पुनर्सरचना गरेजस्तै र त्यसको लागि गोलमटोल संविधानको खाका कोरेजस्तै हामीले पनि एक हप्ताअघिदेखि आमाको गाई निकाल्न खाका कोयौं, छलफल गयौं र यसरी गर्ने भन्ने निश्कर्षमा पुग्यौं । 
उहिले, गाउँमा आजको जस्तो खेतालाको अभाव थिएन । सामान्य तरकारी र चिउरा खाएर पनि मानिसहरु खेतवारीमा काम गर्न आईदिन्थे र त्यसको बदलामा आफुहरु पनि उसको खेतवारीमा काम गर्न जानुपर्दथ्यो । त्यो पर्मु भनिन्थ्यो । पर्मु को प्रचलन रहेको त्यो बेलामा पनि उहिलेका बुढाहरुले आफ्नै घरमा थुप्रै खेतालाहरुको तगडा बन्दोबस्त गरेर राखेका हुन्थे घरैभरी स्वास्नी र छोराछोरी थुपारेर । किनकि, एक त त्यसताका परिवार नियोजन कुन चरोको नाम हो, लङ्गोटी र कच्छाडधारी बुढाहरुलाइ पत्तै थिएन । दोस्रो, गाउँघरमा जस्को भैंसी उसको बन, जसको छोरा उसको धनु आहान खूव प्रचलित थियो । 
नजानेर त भन्न मिल्दैन, पूरै होस हवासकै साथ उहिलेका बुढाहरु बहुपत्नी प्रथाका उपासक थिए । बुढाहरुको घरमा जेठी, माहिली, साहिँली, काहिँली, ठाईँली, कान्छी गरी सात