सरकारमा रहेका एकीकृत माओवादी, मधेसी सहितका २१ दलहरुद्धारा सङ्घीयता पक्षधरको बृहत् मोर्चा बनाउने निर्णय

 काठमाडौँ  । सरकारमा रहेका एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित २१ राजनीतिक दलले सङ्घीयता पक्षधरहरुको बृहत् मोर्चा बनाउने भएका छन् ।


विहिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सङ्घीयता पक्षधरहरुको बृहत् मोर्चा बनाउने निर्णय गरेको हो ।


दश वर्षे जनयुद्ध, ०६२।६३ को संयुक्त जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति, दलित, महिला तथा मुस्लिम आन्दोलनको भावना र मागअनुरुप गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतासहितको राज्यको पुनःसंरचनालाई मूर्त रुप दिन सङ्घीयतावादीहरु एक ढिक्का हुनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।


बैठकले संविधानसभाको अवसानले प्रतिगामीहरु हौसिएको र प्रतिक्रान्तिकोे खतरा बढेको भन्दै देशलाई तत्काल निकास दिनुपर्नेमा जोड दिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो,