विश्वमा खाद्यान्नमा भईरहेको मुल्यवृद्धीले गरिबीको रेखामुनी रहेका जनतालाई भोकमरीतर्फ धकेलीरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । लगातार तिन महिनासम्म आरोलो लागेको खाद्यान्नको मुल्य गत महिना फेरि आकाशिएपछि खाद्य अभाव हुन सक्ने देखिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि निकायले हालै प्रकाशित गरेको तथ्यांक अनुसार गत जुलाई महिनामा विश्वमा खाद्य पदार्थको मुल्य ६ प्रतिशतले बढेको छ ।
अमेरिकाको खडेरी, रुसमा उत्पादनमा कमि र ब्राजीलमा अतिवर्षको कारण विश्वमा खाद्य पदार्थको मुल्य बढेको बताईएको छ । राष्ट्रसंघको अनुसार चामल, गहु, मकै लगायतका अन्न, तेल, चिनि, मासु र दुग्ध पदार्थको मल्य अस्वभाविक ढंगले बढिरहेको छ ।
मुल्यवृद्धि यही दरले कायम रहने हो भने यो वर्ष विश्वमा चरम खाद्य संकट हुने राष्ट्रसंघिय निकायको ठहर छ । संभावित खाद्य संकट सन २००७ ८ मा भोग्नुपरेको विश्व खाद्य संकटभन्दा पनि डरलाग्दो हुनसक्ने र यसले अफ्रिकी, मध्य अमेरीकी तथा दक्षिण एशियाली राष्ट्रहरुलाई बढी असर पु-याउने प्रक्षेपण गरिएको छ ।