– कृष्ण खनाल
बुटवलसाउन २७ । अर्घाखाँचीको हरिहर संस्कृत साधारण उमाविको हिरक महोत्सव तथा १ सय १२ औं हरिहर जयन्ती सम्पन्न गर्नको लागि विभिन्न समितिहरु गठन गरिएको छ ।
आगमी मंसिर २९ गते हुने जयन्ती सु-सम्पन्न गर्नको लागि रुपन्देहीलाई कर्मथलो बनाई बुटवललगायत जिल्लाको आसपासमा बस्दै आएका अर्घाखाँची वासीको शनिबार बुटवलमा सम्पन्न भेलाले पाँचवटा उपसमिति गठन गरेको छ ।
भेलाले रत्नहरी गौतमको संयोजकत्वमा २३ सदस्यी रहेको मूल उपसमिति सनत गौतमको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक उपसमिति पत्रकार दीपक ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय प्रचार-प्रसार उपसमिति प. बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय स्मारिका प्रकाशन उपसमिति र मणिराज गौतमको संयोजकत्वमा सात सदस्यीय रहेको सल्लाहाकार उपसमिति गठन गरिएको प्रचार-प्रसार उपसमितिका सदस्य सपनकुमार एन्जीलले जानकारी गराउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत गौतमको अध्यक्षता र मोहन मरासिनी संचालनमा सम्पन्न भएको भेलामा विद्यालय प्राचार्य ठाकुर गौतम रत्नहरी गौतम पत्रकार महासंघ रुपन्देही अध्यक्ष दीपक ज्ञवालीचन्द्रकान्त गौतम मोतिराज गौतम जगन्ननाथ मरासिनी गिरधारीलाल न्यौपाने माधवराज गौतमलयगातले बोल्नुभएको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।