– कृष्ण खनाल
बुटवल साउन २८ – रुपन्देहीका उच्च मावि तथा बोडिङ्ग स्कुलहरुले सरकारले निर्देशन गरेमा अंग्रेजी नामका आफ्ना शैक्षिक संस्थाको नाम परिर्वतन गर्ने भएका छन ।
शिक्षा पत्रकार संघ लुम्बिनीको आयोजनामा आईतबार बुटवलमा भएको अन्र्तकि्रया कार्यक्रममा बौल्दै उच्च मावि तथा बोर्डिङ्ग स्कुलका प्रचार्य र संचालकहरुले सरकारको निर्देशन आएमा नेपाली पहिचना झल्किने नाम राख्नको लागि कुनै आपत्ती नभएको बताएका हुन । रुपन्देहीमा आन्दोलरत विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि अभिभावक उच्च मावि तथा वोर्डिङ्ग स्कुलका संचालक प्रचार्य सरकारी निकाय तथा पत्रकारहरु विचमा भएको अन्र्तकि्रयामा उक्त कुरा बताएका हुन ।
अन्र्तकि्रयाका बोल्दै प्यापसन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले सरकारबाट कुनै पनि प्रकारको निर्देशन तथा परिपत्र नआएको र आउदा वित्तिकै नाम परिवर्तनको लागि कुनै आपत्ती नभएको बताउनुभयो । उहुले भन्नुभयो-अहिले सम्म हामिलाई आधिकारीक कुनै जानकारी आएको छैन आएमा नाम परिर्वतन खासै ठुलो होईन तर अहिले सम्म जारी भएका प्रमाणपत्रको जिम्मेवारी कस्ले लिने नाम परिर्वतनको कुरा मात्र ठुलो नभएको भन्दै खनालले शिक्षा क्षेत्रको विकृत विसङ्गती हटाउनको लागि तयार हुनुपर्न कुरा राख्नुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य यमराज पाण्डेले विदेशीको लगानी तथा विदेसी प्रतिनिधित्व झल्कीने नाम राखिएका विद्यायहरु बन्द गरिएको भन्दै नेपाली भौगोलीक तथा मौलिक पहिचान झल्कीने नाम राख्नुपर्ने धारण राख्नुभयो । उहाले विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएको विकृत तथा विसङ्गतीका विरुद्व आन्दोलनको सुरुवात मात्र भएको भन्दै सिटिईभिटि तथा विदेशी नामका शैक्षिक संस्था बन्द गरेको र अटेर गरेकामा प्रतिवाद समेत गर्ने चेतावनी दिनुभयो ।
अन्र्तकि्रयामा नेपाल विद्यार्थी संघ रुपन्देहीका जिल्ला सभापती प्रकाश रानाले राष्ट्रियता नै नबच्ने अवस्था आएको कारण राष्ट्रियता झल्कीने नामहरु राखि नामाकरण गर्नु पर्ने अवस्था आएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका जिल्ला अध्यक्ष रामचन्द्र श्रेष्ठले विद्यालयको अंग्रेजी नाम हटाउनु एउटा सास्कृती आन्दोलन भएको भन्दै अंग्रेजीलाई अगाडी सारेर शिक्षामा व्यवसायीकरण गरेको आरोप लगाउनुभयो । अनेरास्वयुक्रान्तिकारी का जिल्ला सचिव सुर्य न्यौपाने शिक्षामा व्यापारीकरण तथा निजिकरणको विरोध गरेको बताउनुभयो । छात्रावृति वितरणमा समेत मोलतोलाई हुने गरेको भन्दै न्यौपानेले त्यसको अन्तयको समेत माग समेत गर्नुभयो ।
अन्र्तकि्रयामा बाल्दै अभिभाक संघ रुपन्देहीका अध्यक्ष मुक्तिनाथ ज्ञवालीले विद्यार्थीहरुले पढ्नपाउने अधिकार हन्न गर्न नहुने भन्दै शिक्षा तथा लगानीकर्ताहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने तथा शिक्षामा गुणस्तरमा ध्यान दिनुपर्ने धारण राख्नुभयो ।
कार्यक्रममा प्यावसन रुपन्देहीका सह-सचिव कमल प्रसाद रेग्मी अक्सफोर्ड उच्च माविका प्राचार्य दिवाकर रेग्मी सेन्टजेसेफ उमावि भैरहवाका प्राचार्य डोलराज बेल्वासे लुम्बिनी वोडिङ्ग स्कुलका प्रचार्य लालहरी पाण्डे उच्च माध्यामिक शिक्षा परिषद् क्षेत्रिय कार्यालय बुटवलका प्रमुख सुवास पन्त लगाएतले बोल्नुभएको थियो ।
आईतबार रुपन्देहीका विभिन्न सात विद्यार्थीसंगठनहरुले बुटवलको अक्सफोर्ड कलेज क्यानन् उच्च मावि स्काई ईन्टरनेशलन कलेजक्षितिज इन्टरनेशलन कलेज पल एकेडेमी एम्स कलेज तथा भैरहवाका साई ग्लोबल उमावि सेन्ट जेसेफ उमावि नालान्दा उमावि कासी नोवेल एकेडमी लगाएतका शैक्षिक संस्थाहरु बन्द गरेका थिए । १ दिनको लागि मात्र बन्द गरिएको उक्त शैक्षिक संस्थाहरु बन्दको आगामी कार्यक्रम नरहेको भन्दै अन्य दवाब मुलक कार्यक्रमहरु भने जारी रहने विद्यार्थी संगठनहरुले जनाएका छन ।