कैलाली । लडाकुहरु बाहिरिएपछि शिविरहरुमा अहिले नेपाली सेना मात्रै रहेका छन् । कैलालीमा समायोजन रोजेका माओवादी पूर्वलडाकूले रासन भत्ता र तलव नपाएको भन्दै शिविर छाडेका छन् ।
लडाकुहरु बाहिरिएपछि कैलालीको गोरांगे र बढैपुरस्थित २ शिविर खाली भएका छन् भने मसुरीयाको तालबन्दस्थित सातौ डिभिजनमा भने ५/६ जना लडाकु मात्रै छन् ।
समायोजन रोजेका ३ सय १५ जना शिविरमा बस्दै आएका थिए । उनीहरु सबैले शिविर छाडेका हुन् ।
लडाकुहरु बाहिरिएपछि शिविरहरुमा अहिले नेपाली सेना मात्रै रहेका छन् ।
कैलालीको तालबन्दस्थित मुख्य शिविर र अन्य तीन वटा सहायक शिविरमा रहेका तीन हजार भन्दा बढी पूर्व लडाकु मध्ये स्वेच्छिक अवकाश रोजेकाहरु घर फर्केका थिए । – RSS