वरिष्ठ चिकित्सक गोविन्द केसीले आमरण अनसन सुरु गरेको
दोस्रो दिनदेखि त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा र इनडोरबाहेकका सेवा
ठप्प भएको छ। फ्याकल्टी डक्टर एसोसिएसनले केसीको समर्थनमा सबै सेवा ठप्प
पार्ने निर्णय गरेका हुन्।
दैनिक २ हजारभन्दा बढी ओपिडीमा परीक्षणका लागि आउने अस्पतालबाट विरामीहरु फर्किन बाध्य छन्।
आइओएमका वरिष्ठ प्राध्यापक डा।गोविन्द केसीले दोसोपटक आमरण अनशन सुरु गरेकै
दिन उनले उठाएका एजेन्डाविपरीत उपकुलपति हिराबहादुर महर्जनले डिन
नियुक्तिको निर्णय गरेका थिए। केसीले दोस्रोपटक सोमबार अपराह्न २ बजेदेखि
अनशन थालेका थिए। वरिष्ठ प्राध्यापकको अनशनको अवहेलना गर्दै राजनीतिक
नियुक्ति भएपछि मंगलबारदेखि आंशिक सेवा र बुधबारदेखि ओपिडीलगायत सेवा पूर्ण
प्रभावित हुने भएका छन्।
सोमबार बसेको त्रिवि कार्यकारी परिषद बैठकमा डिन नियुक्तिका लागि सिफारिस
समिति बनाउने निर्णय गरेर निस्किएपछि महर्जनले एकलौटी निर्णयका आधारमा नाक,
कान, घाँटी विभागका प्राध्यापक डा।धर्मकान्त बाँस्कोटालाई तीन महिनाका
लागि निमित्त डिनको जिम्मेवारी दिएका हुन्। बाँस्कोटाले मंगलबार नै पदबहाली
गरेका छन्।
नेपाल चिकित्सक संघले यो निर्णयको घोर भर्त्सना गरेको छ। अनशनको भावना
लत्याएर गरिएको निर्णय नसच्याए देशव्यापी रूपमा आन्दोलन गर्ने संघले जनाएको
छ।
चार वर्षअघि प्राध्यापक भएका बाँस्कोटाभन्दा आइओएममा ५० भन्दा बढी वरिष्ठ
प्राध्यापक छन्। एमाले कोटामा उपकुलपति भएका महर्जनले सहमति जुट्न नसकेपछि
आफ्नै पार्टीको सिफारिस प्रयोग गर्दै उपकुलपति नियुक्त गरेका हुन्। डिनका
लागि त्रिवि अर्न्तगतको पार्टी संयन्त्रका सदस्यमध्ये एमालेले बाँस्कोटाको
सिफारिस गरेको थियो। त्रिविका रेक्टर गुणनिधि न्यौपानेले कार्यकारी परिषदमा
डिनको सिफारिस समिति बनाउने निर्णय भएको जानकारी दिए। ुविज्ञान र कृषि
संस्थानको डिन बनाइयो, चिकित्साशास्त्रका लागि सिफारिस समितिमात्र बनेको
हो,ु न्यौपानले भने, ुउपकुलपतिले एकलौटी डिन नै बनाइदिनुभएछ।ु सहयोगीमार्फत
डिन नियुक्त गरिएको बताए पनि महर्जन सम्पर्कमा आउन चाहेनन्। ती सहयोगीले
महर्जन कार्यालय नै नआएको बताए।
पदबहाली गरेलगत्तै बाँस्कोटाले डा।केसीलाई भेटी आफ्नो एजेन्डा पनि केसीको
जस्तै भएको भन्दै अनशन स्थगित गरेर सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा
केसीले बाँस्कोटाको नियुक्तिले आन्दोलनको अपमान गरेको भन्दै अनशन जारी
राख्ने घोषणा गरेका थिए। बाँस्कोटाले नागरिकसँग आफू ३३ वर्षदेखि आइओएममा
सेवारत रहेकाले लामो समयसम्म काम गरेका आधारमा आफू वरिष्ठमै पर्ने बताए।
ुमेरो र केसीका एजेन्डा उही हुन्, उहाँले तपाईंको हिसाबले काम गर्नुस्,
बधाई छ भन्नुभयो,ु बाँस्कोटाले भने, ुसंस्थामा बसेर काम गरेपछि जिम्मेवारी
आउँदा भाग्न भएन।ु
डा।केसीले भने जे नगर्न माग उठाएको त्यही गरिएको भन्दै राजनीतिक भागभण्डामा
डिन बनाइएकाले आन्दोलन नरोक्ने बताए। ुउपकुलपतिले पार्टीको काममात्र
गरिरहनुभएको छ,ु केसीले भने।
बाँस्कोटाको नियुक्तिसँगै एमाले निकट केही प्राध्यापक र कर्मचारीले काम गरे
पनि अधिकांश चिकित्सकले काम छाड्ने भएका छन्। अत्यवश्यकीय सेवा
सञ्चालनसम्बन्धी ऐनअनुसार गिरफ्तारीमा पर्ने डरले निर्णय नगरे पनि अधिकांश
चिकित्सकले मंगलबार साँझको सेवा र पेइङ ओपिडी बन्द गरे। ुऔपचारिक निर्णय
भएको छैन्, एक जना वरिष्ठ चिकित्सक आन्दोलनमा रहँदा कसलाई काम गर्ने मन
हुन्छ ररुु महाराजगन्ज क्याम्पसका स्ववियु सभापति सुदन थापाले भने।
वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने माग राख्दै गत असार २१
गतेदेखि डा।केसी पहिलोपटक आमरण अनशन बसेका थिए। त्यसबेला पनि अन्य
प्राध्यापकले साँझको सेवा र पेइङ ओपिडी बन्द गराएका थिए। डा।केसीले अनशन
थालेको तेस्रो दिन कार्यकारी परिषदले चार हप्ताको कार्यकाल बाँकी रहेका
वरिष्ठ प्राध्यापक डा।कुमुदकुमार काफ्लेलाई डिन नियुक्त गरेको थियो। चार
वर्ष अवधि नरहेको व्यक्तिलाई ल्याएपछि फेरि नियुक्तिको चलखेल हुनसक्ने
भन्दै केसीले अनशन तोड्न इन्कार गरेका थिए। आफूले सुरूमा राखेको आशंका सही
प्रमाणित भएको केसीले बताए।
वरिष्ठताका आधारमा डिन भएका डा।काफ्लेले रिक्त तीन सहायक डिन तथा नर्सिङ र
मेडिसिन क्याम्पस प्रमुखका लागि सिफारिस गरेपछि त्रिविले कार्यान्वयन गरेन।
न समयमा सिफारिस समिति नै बनायो।
स्रोतका अनुसार वरिष्ठताका आधारमा पदाधिकारी बनेमा कोटा, अनुगमन, परीक्षामा
चलखेल गर्न अप्ठ्यारो पर्नसक्ने भएकाले आफूअनुकूलका व्यक्तिलाई पदाधिकारी
बनाउन निजी मेडिकल कलेजका सञ्चालक ुब्रिफकेसु बोकेर हिँडेका थिए। तत्कालका
लागि राजनीतिक आधारमा निकटलाई पदाधिकारी बनाएर आन्दोलन मत्थर गर्नसके पुनः
डा।अरूण सायमीलाई नै डिन बनाउने पक्षमा उपकुलपति महर्जन छन्। निजी मेडिकल
कलेजहरूले पनि डिनका रूपमा सायमीलाई नै चाहेका छन्।
गत भदौमा तत्कालीन डिन सायमीको पदावधि सकिएपछि त्रिविले झण्डै आठ महिनासम्म
उनलाई नै निमित्त दिएकाले चिकित्सक एवं कर्मचारी आन्दोलित भएका थिए।