३२ साउन, काठमाण्डौं । पर्साका राघव अन्सारी रोजा फुक्ने समयअघि नै मजिस्द पुगिसकेका हुन्छन् ।मुस्लिम समुदायको पवित्र महिना चलिरहेकाले त्यहाँ हरेक दिन ६ बजेतिर रोजा फुक्छ । रोजा फुक्नासाथ मजिस्दमा धनी व्यक्तिहरूले खाना खुवाउने गर्छन् ।त्यही खाना खान अन्सारी साथीभाई लिएर मजिस्द पुग्छन् ।त्यहाँ भोक मेट्न पाएपछि भोलिको चिन्ता गर्दै क्याम्पमा र्फकन्छन् ।आफू बेखर्ची भएपछि भोक मेट्न मस्जिद जान थालेको उनले बताए ।