चुत्राबेसीको नमुना सिद्धेश्वर शिब मन्दिर नेपालकै धार्मिक पर्यटकिय स्थल बन्दै

– प्रेमनारायण आचार्य


अर्घाखाँची ३२ साउन  ।  अर्घाखाँचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा पुजा आजा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् । 

 

 

 

साउन महिना भर दैनिक रुपमा हजारौ संख्यामा धार्मिक पर्यटकहरु आएको मन्दिर ब्यबस्थापन समितिका राजकुमार श्रेष्ठले बताएका छन् ।

 



ऐतिहासिक  धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा अहिले स्फटिकको शिबिलंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजा आजा गरिदै आएको छ   ।

 


 

स्फटिकको शिबिलंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिरब्यबस्थापन समितिले बताएको छ ।

 



साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ ।
 


 

साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको हुदा पुजा आजा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु मन्दिरमा भित्रिएको सिद्धेश्वर शिबालय मन्दिरका संरक्षक नारायण खनालले बताएका छन ।

 



 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु