पाकिस्तानको राजधानी इस्लामाबादको कमरामा रहेको मिनहास सैनिक मुख्यालयमा आक्रमण

पाकिस्तानको राजधानी इस्लामाबादको कमरामा रहेको मिनहास सैनिक मुख्यालयमा सैनिक भेषमा प्रवेश गरेका व्यक्तिले आक्रमण गरेका छन् ।

 

त्यहाँ रहेका सैनिकमाथि आक्रमण गरेपछी दोहोरो भीडन्त भएको छ । आक्रमणकारीले रकेट र गे्रनेड लन्चरले हमला गरेको र प्रतिकारमा उत्रेको पाकिस्तानी सेनाले पनि अत्याधुनिक हतियार प्रयोग गर्नुपरेको थियो ।

 

जसमा एक जना आक्रमणकारी मारिएका छन् । आक्रमणलगत्तै पाकिस्तानभरको सैनिक मूख्यालयमा उच्च सतर्कता अपनाइएको छ ।

 

मिनहासमा रहेको यो सैन्य बेस पाकिस्तान र चीन सरकारको संयुक्त परियोजनामा निर्मित सैन्य हवाई अड्डा हो । आक्रमणकारी कसरी प्रवेश गरे भन्नेमा छानबीन शुरु भइसकेको छ । आक्रमण कुन समूहले गरेको हो भन्ने अझै थाहा भएको छैन ।