काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीको नेतृत्वमा गठन भएको सत्तारुढ गठबन्धनले मुलुकलाई मुडभेडमा फसाएको दावी गरेका छन् ।
सहमतिको सरकार गठन गरेर मुलुकलाई बर्तमान राजनैतिक र संबैधानिक संकटबाट पार लगाउन दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत गएको पत्रकारहरुको टोलीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मुलुकमा सहमतिको आवश्यकता भएको अवस्थामा माओवादीले जे जेल्ले समस्या थपिन्छ त्यही काममात्रै गरेकोले समस्या समाधान नभएको आरोप लगाए ।
उनले माओवादीले काग्रेस र एमाले जस्ता स्थापित लोकतान्त्रिक पार्टीसँग सहमति गरेर मुलुकलाई निकास दिनुको साटो एमाले र काग्रेकका विरुद्ध नै लागि परेकोले यसले मुलुकलाई खतरनाक अवस्थामा पुर्याउने चेतावनी दिए । नेपालले भने