नगरपालिका घोषणा नहुदै मालपोतले राजस्व उठाउदा अर्घाखाँचीका सेबाग्राही मर्कामा परेको गुनासो

– प्रेमनारायण आचार्य

 
सन्धिखर्क । अर्घाखाँचीमा जिल्ला मालपोत कार्यलयले नगरपालिका घोषणा कार्यन्वयन नहुदै जग्गाको कारोबारमा  ४ प्रतिशत राजस्व उठाउन सुरु गरेकाले सन्धिखर्क लगायतका ३ गाविसका मानिसहरुले ठुलो सास्ती खेप्नु परेको सरोकारवालाहरुले औल्याएका छन् ।


   सन्धिखर्क गाविसको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा बोल्ने सहभागिहरुले यस्तो दुखेसो पोखेका छन् ।


 यस्तै उनीहरुले सन्धिखर्कमा बढ्दो रुपमा सार्बजनिक जग्गा अतिक्रमण भएको भन्दै जग्गा अतिक्रमणलाइ रोक्न सम्बन्धित पक्षहरु मौन रहेको बताएका थिए ।


   कार्यक्रममा गाविस सचिब जीबनारायण आचार्य एकिकृत माओबादीका बिष्णुहरी भुसाल नेपाली काग्रेसका नेत्रप्रसाद भटराइ  एमालेका बाबुराम पन्थी राजमोका सालिकराम केसी नेकपा  माओबादीका गुणानिधि भुसाल  एकिकृत क्रान्तीकारीका गिरीप्रसाद भुसाल  खानेपानी उपभोक्ता समितिका धर्मराज अधिकारी नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य युबा क्लबका युबराज पाण्डे राधा नेपाली वडा नागरिक मन्चका जगत भुसाल सरोज पौडेल लगायतले मन्तब्य राखेका थिए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु