काठमाडौं । भारतीय योग गुरु रामदेबका सहयोगी आचार्य बालकृष्णलाई उत्तराखण्डको अदालतले जमानतमा रिहा गर्न मन्जुरी दिएको छ । उत्तराखण्डको उच्च अदालतले आचार्य बालकृष्णको जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको हो ।
उहांमाथि भारत सरकारले नक्कली राहदाजीलगायतका कागजात बनाएको अभियोग लगाएको थियो । योग गुरु रामदेवले विदेशमा थुपारिएको कालो धन फिर्ता ल्याउनु पर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आउनु भएको छ ।