भारतको आसाममा भड्किएको जातिय हिंसा बैंगलोर र हैदराबादमा फैलिएपछि हजारौ मानिस अन्यत्र पलायन


 

काठमाडौं । भारतको आसाममा भड्किएको जातिय हिंसा बैंगलोर र हैदराबादमा फैलिएपछि त्यहांबाट हजारौ मानिस अन्यत्र पलायन भएका छन् । आसामको कोकराझाड जिल्लामा बोडो जनजाती र बंगाली मुश्लिमबीचको हिंसाले जातिय रुप लिईरहेको छ ।


बैगलोर र हैदराबादका प्रत्येक व्यक्तिको मोबाइलमा जातीय हिंसा हुनसक्ने भएकाले देश छोड्न भन्दै सन्देश फैल्याइएको छ । कोकराझाडमा भएको जातीय हिंसाकै कारण हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ ।


आसामका हिंसा प्रभावित १ लाख ५० हजार मानिसका लागि विभिन्न ६४ वटा शिविर बनाईएको छ । शिविरमा बोडो र मुश्लिम दुबै समुदायका मानिस बसेका छन् । कोकराझाड जिल्लामा मश्लिम समुदायका दुई नेतामाथि गोली चलाएपछि जवाफी हमलामा बोडो लिबरेशन टाइगर्स संगठनका चार पूर्व सदस्य मारिएका थिए । त्यसपछि हिंसाले तर्को रुपम लिएको छ ।

 

– AGENCIES