LIVE:- लण्डनबाट प्रत्क्षय भिडियो लाईभ । इक्वेडर सरकारले विकिलिक्स संस्थापक जुलियन असान्जलाई राजनीतिक शरण दिने औपचारिक निर्णय गरेको छ।
इक्वेडर सरकारले विकिलिक्स संस्थापक जुलियन असान्जलाई राजनीतिक शरण दिने औपचारिक निर्णय गरेको छ। इक्वेडरका विदेश मन्त्री रिकार्दो पाटिनोले उनलाई शरण दिने घोषणा आज गरेका हुन्।
बेलायतले भने आफ्नो राजधानीस्थित इक्वेडरको दूतावासमा रहेका असान्जलाई सुरक्षित रुपमा देशबाहिर जान नदिने बताएको छ।
बेलायतले आवश्यक परे इक्वेडरको दूतावासभित्र प्रवेश गर्ने चेतावनी दिएपछि र इक्वेडरले त्यसो गर्न आफ्नो देश बेलायतको उपनिवेश नरहेको बताएपछि दुई देशबीच कुटनीतिक तनाव बढेको छ।
विकिलिक्सले अमेरिकी कूटनीतिक दस्तावेजहरु सार्वजनिक गरेर चर्चा कमाएको थियो।
यस अघी बेलायत सरकारले इक्वेडरको दूतावासभित्र प्रवेश गरी विकिलिक्सका संस्थापक जुलियन असान्जलाई गिरफ्तार गर्ने चेतावनी दिएको छ। असान्ज शरणको माग गर्दै दूतावासभित्र रहेका छन्।
दुर्व्यवहारको आरोपमा स्वीडेनमा र त्यहाँबाट अमेरिका सुपुर्दगी हुने डरले असान्ज दूतावासको शरणमा पुगेका हुन्। इक्वेडरले उनलाई शरण दिने कि नदिने भन्ने बारे निर्णय गरिसकेको छैन। बिहीबार यो विषयमा निर्णय गरिने बताइएको छ।
बेलायती कानुन अनुसार दूतावास परिसरभित्र प्रवेश गर्ने अधिकार भएको व्यहोरासहितको पत्र बेलायती दूतावासका अधिकारीहरुले इक्वेडरको राजधानी क्विटोमा बुझाएका छन्।
इक्वेडरका विदेश मन्त्री रिकार्डो पाटिनोले बेलायतको धम्कीप्रति कडा प्रतिक्रिया जनाएका छन्। ‘हामी बेलायतको उपनिवेश हैनौँ,’ उनले बताए। उनले बेलायतको पत्र प्रजातान्त्रिक, सभ्य र कानुनी शासन मान्ने देशको मान्यताविपरीत भएको बताए।
बेलायती विदेश मन्त्रालयका प्रवक्ताले भने असान्जलाई स्वीडेन सुपुर्दगी गर्न बेलायत प्रतिवद्ध रहेको बताएका छन्।