तस्बिरमा: चेपाङको घरमै रात बिताए प्रधानमन्त्री बाबुराम भट्टराईले

सिद्धी- ८ स्थित ओडारमा ५ वर्षदेखि बस्दै आएका ८३ वर्षीय बन्दीपुरे चेपाङ को अवस्थाबारे प्रधानमन्त्री बाबुराम भट्टराई बुधबार साँझ यहाँ आए ।

बर्खाले हिलाम्मे भएको सडक, बाढी भेल चिचोल्दै मुख्यसचिव लीलामणि पौडेललाई साथै लिएर प्रधानमन्त्री आए । प्रधानमन्त्री आउँदा शक्तिखोरस्थित कयर खोलामा बाढी बढेको थियो । प्रधानमन्त्री पुरानो ट्याक्टरमा टुक्रुक्क बसे । खोला तरे ।

चेपाङ बस्ती भएको विकट गाउँमा गाडी जान सकेन । पाँच किलोमिटर हिँडे पनि । यसअघि काठमाडौं नजिकैको गाउँमा एक रात बस्ने प्रधानमन्त्रीले बुधबारको रात भने चितवनको सिद्धीस्थित गरिव चेपाङ को घरमै बिताए ।

भट्टराईले ओडारमा बस्दै आएका तिनै चेपाङ लाई समेत भेट्ने इच्छा व्यक्त गरेका थिए । भेटे र व्यक्तिगत १० हजार रुपैयाँ सहयोग गरे ।




















  

 

 

 

 

 

 

 

 

 

 

 

 

स्रोत: कान्तिपुर, नेपाल