संयुक्त राष्ट्रसंघले सिरियामा जारी हिंसाका घटना निरिक्षण गर्न तैनाथ गरेको सैन्य पर्यवेक्षण मिशन अन्त्य

संयुक्त राष्ट्रसंघले सिरियामा जारी हिंसाका घटना निरिक्षण गर्न तैनाथ गरेको सैन्य पर्यवेक्षण मिशन अन्त्य गरेको छ ।

 

 राष्ट्रसंघको प्रयासका बाबजुद सिरियामा हिंसाका घटनामा कमी नआएको र राष्ट्रसंघकै पर्यवेक्षकहरुको सुरक्षा खतरा बढेको भन्दै पर्यवेक्षण मिशन अन्त्य गरिएको हो ।

 

सैन्य पर्यवेक्षण मिशन अन्त्य गरेपनि राष्ट्रसंघले दमास्कसमा एउटा सम्पर्क कार्यालय भने स्थापना गर्नेछ । नागरिकस्तरको उक्त सम्पर्क कार्यालयमा झण्डै ३० जना कर्मचारी खटाईनेछ ।

 
सिरियाको लागि अरब लिग र राष्ट्रसंघका विशेष दुत कोफी अन्नानले दुई हप्ता अगाडि सिरिया मशिनबाट हात झिकेका थिए । अन्नानको ठाँउमा अल्जेरियाका वरिष्ठ कुटनीतिज्ञ लख्दर ब्राहिमिलाई नियुक्त गर्ने तयारी राष्ट्रसंघले गरिरहँदा त्यहाँ तैनाथ सैंन्य पर्यवेक्षण टोलीलाई फिर्ता गरिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।