अध्यादेशबाटै राज्य चलाउने सरकारी शैलीको सार्वजनिक रुपमै आलोचना गर्दै आएका राष्ट्रपतिद्धारा निर्वाचन सम्बन्धी दुई अध्यादेश अस्वीकृत

काठमाडौं । राष्ट्रिय पत्रीका नागरिकले आफ्नो अन्लाईनमा प्रकासित गरेको समाचार अनुसार अध्यादेशबाटै राज्य चलाउने सरकारी शैलीको सार्वजनिक रुपमै आलोचना गर्दै आएका राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्ले सिफारिस गरेका निर्वाचन सम्बन्धी दुई अध्यादेश अस्वीकृत गरेका छन्।

 

राजनीतिक दलहरुबीच सहमति बनाई निर्वाचनको वातावरण बनाउनुको साटो प्रधानमन्त्री बाबुराम भट्टराईले एकलौटी रुपमा अध्यादेश ल्याई विपक्षीहरुलाई थप चिढ्याउने काम गरेकोमा असन्तुष्ट बनेका राष्ट्रपतिले सरकारले १२ साउनमा स्वीकृतिका लागि पठाएका दुई अध्यादेश अस्वीकृत गरेका हुन्।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै अन्तरिम संबिधानको धारा ८८को उपधारा १ बामोजीम सिफारिस भएका निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संबिधानसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्नु सान्दर्भिक नदेखिएको जनाएको हो।


निर्वाचन आयोगले निर्वाचनको बैधता र विश्वसनियताको निम्ति आवश्यक संबैधानिक एवं कानूनी व्यवस्था र राजनीतिक दलहरुको सहभागिताको निम्ति दलहरुबीच न्यूनतम सहमति पनि भै नसकेको कारण उल्लेख गरी नेपाल सरकारद्धारा घोषित मंसिर ७ का दिन घोषणा गरेको अर्को संबिधानसभा निर्वाचन सम्भव नहुने कुराको नेपाल सरकारलाई साउन १५मा नै जानकारी गराइसकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।