उमाकान्त पाण्डे गाउले /राजु खड्का
यूएई । रोजगारीको शिल्शिलामा संयुक्त अरब एमिरेट्स (यूएई)मा बिगत १३ वर्ष देखी कार्यरत समाजसेवी तथा पत्रकार मानबहादुर थापालाई सम्मान गरी बिदाइ गरिएको छ । यूएईको बरदुबईस्थित सिन्ध पंजाब रेस्टुरेन्टमा नेपाली समाजले एक कार्यक्रमको आयोजना गरी गत शुक्रबार खादा तथा दोसल्ला ओडाएर सम्मान पत्रद्वारा सम्मान एवम यूएई देखी उनलाई बिदाइ गरेको हो ।
नरेठाटी ४ बाग्लुङमा जन्मिएका थापा १३ वर्ष अघी दुबइको वल्ड ट्रेड सेन्टरमा रोजगारिकालागि यूएई आएका थिए।आफ्नो कामको शिलशिलामा यहाँ रहेका बिभिन्न सामाजिक सघंसस्थामा संलग्न रहदै पहिलो पटक यूएईमा नेपाली संचारसस्था नेपाली समाचार केन्द्र यूएईको स्थापना गर्दै त्यहा पत्रकार महासंघको शाखा गठन गर्न समेत उनको योगदान रहेको थियो । थापा नेपाली समाचार केन्द्र यूएईका सल्लाहकार,नेपाली समाचार पाक्षिक पत्रीकाका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ यूएई शाखाका केन्द्रिय प्रतिनिधि समेत रहेका छन । उनी यूएई नेपाली एकता समाज तथा सघींयता बिरुद्द राष्ट्रिय सघर्ष समिति यूएईका अध्यक्ष, समेत रहेका थिए । त्यसैगरी उनको गृह जिल्ला बाग्लुङेलीको साझा चौतारी बाग्लुङ सेवा समाज यूएईका वरिस्ठ सल्लाहकार तथा दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठानका समरक्षक समेत रहेका थिए । थापाले विगतमा जनसांस्कृतिक परिवार यूएईको अध्यक्ष र नेपाली समाज यूएईको उपाध्यक्षको पदमा समेत रहेर काम गरेका थिए ।
थापालाई नेपाली समाजको तर्फबाट दोसल्ला ओडाएर यहाँ रहदासम्म सामाजिक क्षेत्रमा पुराएको योगदानको उच्च मुल्याकंन सहित सम्मान पत्र प्रदान गर्दै अन्य संघसस्था तथा आम सर्वसाधारणले समेत मायाको चिनो प्रदान गरेर बिदाइ गरे। अध्यक्ष कृष्ण ढकाल र महासचिव प्रकाश कोइरालाले संयुक्त रुपमा सम्मान-पत्र दिएर दोसल्ला ओढाए भने नेपाली महिला समितिकी अध्यक्ष राधा ढकालले पनि खादा ओढाउदै प्रशंसा-पत्र प्रदान गरेकी थिईन् ।त्यस्तैगरी थापालाई फेवाफोर्स यूएईका अध्यक्ष गुप्तशेखर पौडेल तथा उनका शुभेच्छुक पिताम्बर पाण्डेले मायाको चिनो उपहार दिएका थिए भने लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डीयल शर्मा, अर्घाखाँची संपर्क समितिका अध्यक्ष राजु खड्का एवम महासचिव चिरनकेसी द्वारा खादा तथा सम्मान पत्र तथा अन्य सामाजिक संघसस्थाका प्रतिनिधि भिम अधिकारी,छत्र लामा र रविन्द्र लामाले खादा ओढाएर बिदाई गरेका थिए।कार्यक्रममा अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवि, महिला र पत्रकारहरु रहेका थिए ।
समाजका सहकोषाध्यक्ष शिवराज जैसीको शुभकामना मन्तव्यबाट सुरुभएको कार्यक्रममा उपस्थित संघसस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकाशंले मानबहादुर थापाले सामाजिक कार्यप्रति खर्चेको अमूल्य समय र योगदानलाई भुल्न नसक्ने बताए । आफ्नो मन्तव्यको क्रममा समाजसेवी थापाले भावुकता हुँदै भने “परिवारको लागि दुई छाक,गास-बास बाहेक अरु केही जुटाउन सकिन तर पनि तपाईंहरुको अमूल्य माया लिएर जादैछु, तपाईंहरुले गर्नु भएको यो सम्मानले झन प्रेरणा थपेको छ । ” उनले थपे “हामी नेपाली सधैंभरी मुग्लान बसेर नहुने, ढिला चाडो फर्किने हामी नेपालमा हो तसर्थ अब नेपालमै केही गर्छु भनेर फर्किदै छु, तपाईं हरु पनि आउनुश सबै मिलेर स्वदेशमै केही गरौ।”
नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले थापा एउटा निस्वार्थ सामाजिक कार्यकता भएको र नेपालमा गएर पनि सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह समेत गरे।
सो अवसरमा मन्तव्य राख्नेहरुमा समाजसेवी तथा एनआरएन यूएईका अध्यक्ष चन्द्र रोकाहा,महिला समितिकी अध्यक्ष राधा ढकाल,अर्घाखाँची संपर्क समितिका अध्यक्ष राजु खड्का,बाग्लुङ सेवा समाजका अध्यक्ष गोपाल कंडेल,फेवा फोर्स यूएईका अध्यक्ष गुप्तशेखर पौडेल,धादिङ वेल्फेयरका प्रतिनिधि भिम अधिकारी,समाजसेवी सिएम ढकाल,डीयल शर्मा,छत्र लामा,विदुर रावत,कृष्ण भुसाल, श्याम पाठक,कलाकार आशिष पुरुष,पत्रकार लालबहादुर ढेंगा, लगायतले बिदाइ तथा शुभकामना मन्तब्य ब्यत्त गरेका थिए।