चीनको चोङकिङ नगरका पुर्व कम्युनिष्ट पार्टी प्रमुख बो सिलाई की श्रीमति गु काई लाई माथि बेलायती ब्यापारीको हत्या प्रकरणमा मृत्युदण्डको सजाय सुनाईएको छ । उनीमाथि बेलायती ब्यापारी नील हेउड्लाई विष दिएर हत्या गरेको अभियोग लगाईएको थियो । अदालतमा उनले सो आरोप अश्वीकार गरेकी थिईनन् ।
सन् २०११ मा भएको यस घटना लगत्तै बो सिलाई माथि चिनियां कम्युनिष्ट पार्टी विरुद्ध लागेको आरोपमा पदमुक्त गरिएको थियो । उनका सुरक्षा प्रमुखले अमेरिकी कुटनीतिक नियोगमा दुई दिन विताएपछि बो विवादको घेरामा तानिएका थिए ।
चिनियां कम्युनिष्ट पार्टीको नेतृत्वका लागि सशक्त दाबेदार मानिएका बोको राजनीतिक जीवनमा त्यसपछि ठेस लागेको थियो । अदालतको पछिल्लो फैसलाले बोको राजनीतिक जीवन लगभग समाप्त भएको आकलन गरिएको छ यद्यपी अ्दालतको आदेशलाई हाल निलम्बनमा राखिएको छ ।