माओवादीले मोर्चाका नाममा मुठभेडको राजनीति शुरु गरेको कांग्रेस शुशिल कोइरालाको आरोप

नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले मुलुकलाई निकास दिन राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएकोमा एकीकृत माओवादीले मोर्चाका नाममा मुठभेडको राजनीति शुरु गरेको आरोप लगाउनु भएको छ ।

 

पुर्वाञ्चल भ्रमणमा जाने क्रममा महाराजगंजस्थित आफ्नो निवासमा संचारकर्मीहरुसंग कुरा गर्दै सभापति कोइरालाले मोर्चा गठन गरी माओवादी मुठभेडमा उत्रेको दावी गर्नभयो ।

 

 कोइरालाले बाबुराम भट्टराई नेतृत्वको सरकार हटी सहमतीय सरकारको खाका तयार भएपछि मात्र मुलुकलाई निकास दिन अन्य विकल्पमा छलफल गर्न सकिने स्पष्ट पार्नुभयो ।

 

सभापति कोइराला केन्द्रीय समितिको जारी बैठक स्थगित गरी पुर्वाञ्चल भ्रमणमा जानु भएको हो । केन्द्रीय समितिमा विभिन्न विभाग र संयोजक मनोनयनका विषयमा शेरबहादुर देउवा पक्षले चर्को विवाद गर्दै आएको थियो । उहांले ईलाम, झापा र पांचथर जिल्लामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

– RSS