अमेरिकी राष्ट्रपति ओबामाद्धारा सिरियामा जारी द्धन्दको क्रममा सरकारले रासायनिक हतियार प्रयोग गर्नसक्नेमा चिन्ता ब्यक्त

 अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा जारी द्धन्दको क्रममा सिरिया सरकारले रासायनिक हतियार प्रयोग गर्नसक्ने चिन्ता ब्यक्त गर्नुभएको छ । उहांले सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेमा अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिनुभयो ।


सिरियामा विद्रोही फ्रि सिरियन आर्मीलाई विदेशी सहयोग प्राप्त भईरहेको भन्ने बारेमा रुस र चीनले आरोप लगाईरहेको बेला अमेरिकाले हस्तक्षेपको चेतावनी दिएको हो । सिरियालाई इरानले सहयोग गर्ने बचन दिईरहेकोमा पनि अमेरिकाले चिन्ता ब्यक्त गर्दै यो अमेरिकाको निकट सहयोगी इजरायलका लागि समेत चुनौतिको विषय भएको उल्लेख गरेको छ । सिरियामा विश्वको चौथो ठूलो रासायनिक हतियारको भण्डारण रहेको बताईएको छ ।


उता, सिरियाका लागि नवनियुक्त दुत लख्तर ब्राहिमीले राष्ट्रपति असाद हट्नु पर्ने कुरा भन्न हिच्किचाएको भन्दै पश्चिमा देशहरुले आलोचना गरेका छन् । सिरियामा जारी द्धन्दको क्रममा झण्डै अठार हजारको ज्यान गईसकेको राष्टसंघले जनाएको छ ।