डोटीको कांडामाडौंमा दादुराको खोप लगाएका चार जना बालबालिकाको मृत्यु

डोटी । डोटीको कांडामाडौं गाउं विकास समिति वडा नम्बर ७ देउलेडांडा खोप केन्द्रबाट दादुराको खोप लगाएका चार जना बालबालिकाको मृत्यु भएको छ ।

 

मृत्युहुनेमा अछाम घर भई काडांमाडौं ८ मामाघर आएकी ९ महिनाकी अञ्जु बिक , वडा नम्बर ७ का ९ महिनाकी गौरी किराल, सुजाता नेपाली र वडा नम्बर ६ का १४ महिनाका मिलन दमई रहेका छन् ।

 

खोपकै कारण दुई जना सिकिस्त अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र ध्वज अधिकारीले जानकारी दिनुभयो ।


उनीहरुले देउलेडांडा खोप केन्द्रबाट गत आइतबार खोप लगाएका थिए । हिजो नै चारै जना बालबालिकाको मृत्यु भए पनि दुर्गम क्षेत्र भएकोले आज मात्र खबर बाहिर आएको हो ।

 

खबर सार्वजनिक भएपछि अनुसन्धानको लागि आजै जिल्ला अस्पताल डोटीबाट चिकित्सक सहितको टोली घटनास्थल गएको छ । RSS