अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री जेनावीको निधन


 

अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री मेलेस जेनावीको निधन भएको छ । ५७ वर्षिय जेनावी लामो समयदेखी विरामी थिए । जेनावीका प्रवक्ताले विदेशमा उपचारका क्रममा उनको निधन भएको जनाएका छन् । तर उनको उपचार कहाँ भैरहेको थियो र के रोग लागेको थियो भन्नेबारे केही खुलाइको छैन ।

गत महिना अफ्रिकी युनियनको सम्मेलनमा जेनावी उपस्थित नभएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न हल्ला चलेको थियो । सन् १९९१ मा कम्युनिष्ट नेता मेन्गिस्तु मारिएमलाई सत्ताच्युत गरेपछि तात्कालीन विद्रोही नेता मेलेसले इथियोपियाको सत्ता सम्हालेका थिए ।

उनको नेतृत्वमा इथियोपियामा आर्थिक विकासको गति सकारात्मक रुपमा अगाडि बढेको मानिन्छ ।