अलकायदाका प्रमुख ओसामा विन लादेनमा मारिनुमा अमेरिकी रक्षमन्त्री हिलारी क्लिन्टनको मूख्य हात भएको खुलासा

लादेन मारिनुमा ओबामा होइन, हिलारी क्लिन्टन मूख्य भएको खुलासाअन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेनमा मारिनुमा अमेरिकी रक्षमन्त्री हिलारी क्लिन्टनको मूख्य हात भएको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनलाई मार्न तयार गरिएको मिसनलाई ३ पटकसम्म रद्द गरेका थिए ।


त्यसपछि उक्त मिसनमा रक्षामन्त्री हिलारीले हस्तक्षेप गरेकी थिइन् र चौथो पटक उक्त मिसनलाई पुरा गरेकी थिइन् । जुन मिसन अन्तर्गत सन् २०११ को मे महिनामा विश्वका शक्तिशाली आंतकवादी संगठन आलकायदाका प्रमुख लादेन मारिएका थिए ।


अमेरिकामा प्रकाशित भएको एक नयाँ पुस्तकले यो विषयको खुलासा गरेको हो । उक्त पुस्तकका अनुसार ३ पटक ओबामाले लादेन मार्ने मिसनलाई रद्द गरेका थिए । ओबामाले २०११ को जनवरी, फेब्रवरी र मार्च महिनाको मिसनलाई रोकेका थिए ।


उक्त पुस्तकले ओबामालाई आफ्नो मिसन फेल भएको अवस्थामा आफूमाथी आरोप लाग्ने डरका कारण मिसन रद्द गरेको जनाइएको छ । उक्त मिसनलाई चौथो पटक सफल बनाउन ३ महिलाहरुले ओबामालाई सहयोग गरेका थिए । जसमा हिलारी, ओबामा पत्नी मिसेल र सल्लाहकार वलेरी जारेट सामेल थिए । पुस्तकले लादेन अप्रेशन सफल हुनुको मुख्य व्यक्ति ओबामा भएको भनी अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसको बयानको पनि खण्डन गरेको जनाइएको छ ।

 

– एजेन्सी