सामाजिक रुपान्तरणमा युवा अभियानको सचेतनामुलक यात्रा आजदेखी

– उमाकान्त पाण्डे गाउले 



“समाज रुपान्तरणमा युवा अभियान” अन्तरगत युवा सन्जालले लुम्बिनी अञ्चलका सबै जिल्लामा आज बिहीवारदेखी देखि १ हप्ते सचेतनामूलक यात्रा गर्ने भएको छ । राष्ट्र र राष्ट्रियता प्रती युवाहरु उदासिन बन्दै गएकोले युवा शत्तीलाई सामाजिक परिवर्तनका लागि सकरात्मक एवम एवम रचनात्मक कार्यमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले भ्रमण गर्न लागिएको कमअन युथ स्ट्यान्डप बुटवलले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ । 

 


 

कार्यक्रममा बोल्दै अभियानका लुम्बिनी अञ्चल निर्देशक सुमन श्रेष्ठले समाजिक रुपान्तरणका लागि युवाहरु एक हुनु पर्ने र त्यसैका लागि सुचना र सन्देश सहित यात्रा तय गरिएको जानकारी दिए । युवासन्जालले बिहिबार रुपन्देहीको मुर्गियादेखी यात्रा शुरु गरी भाद्र १४ गते लुम्बिनी पुगेर अन्त्य गर्ने सन्जालका क्षेत्रिय संयोजक नबिन पन्तले बताए।



अहिले नगरे कहिले?हामीले नगरे कसले? भन्ने नाराका साथ अघी बडेको युवा सन्जालले सन्जालका युवाहरुले आफ्नो खाजा खर्चबाट बचाएर जम्मागरेको पैसाले यस् अञ्चलका सबै जिल्ला भ्रमण गरी त्यस क्षेत्रका युवा संघसस्था तथा त्यसका प्रतिनिधिहरुलाई भेटेर राष्ट्रिय दायित्व बोध गराउन पहल गर्ने छ । 

 


 

यात्रामा कम अन युथ स्ट्याण्ड अपका पदाधिकारी,सदस्यहरु युवा जागरण अभियानका पदाधिकारी पत्रकार लगायत रहने छन । टोलीले ति जिल्लामा रहेका स्थानिय युवाहरु सग छलफल तथा अन्तर्कृया गर्ने छ ।



भाद्र ७ गते रुपन्देहीको मुर्गिया बाट यात्रा सुरु गरी कपिलवस्तुको चारनम्बरमा त्यहा रहेका युवासन्जाल सगं अन्तरकृया गरी सोही दिन अर्घाखाँचीको ठाडा तथा नरपानीमा समेत कार्यक्रम गर्ने छ । भाद्र ८ गते सन्धिखर्कमा एक कार्यक्रम गरी “शिक्षामा खोज” नामक डकुमेण्ट्री फिल्म प्रदशन गर्ने जनाएको छ । 



सन्जालले सन्धिखर्क बाट गुल्मीको तम्घास साथै अन्य ५ स्थानमा कार्यक्रम गर्ने तय गरेको छ। त्यसैगरी पाल्पाको हार्थोक , तानसेनको टुडिखेल तथा दोभानमा समेत त्यहा रहेका युवासन्जाल सगं प्रत्यक्ष भेटेर अन्तर्कृया गर्ने भएको हो । 

टोली पाल्पा बाट बुटवल आउने र अर्को दिन नवलपरासी पुगेर त्यहा रहेका युवासंघसस्था तथा आफ्ना सन्जालसग भेटेर त्यहारहेका स्थानिय युवाहरुसग छलफल गरी लुम्बिनी पुगेर आफ्नो यात्रालाई समापन गर्ने जानाएको छ।

 


 

युवाहरु एक जुट भई समाज र राष्ट्र विकासमा अग्रसर हुन पर्छ भन्ने संदेश फैलाउदै गर्न लागिएको यो भ्रमण नेपालकै ईतीहासमा पहिलो हुने आयोजकले दावी समेत गरेको छ । बिभिन्न एनजीओ आइएनजीको सहयोगमा चल्ने संघसस्थाले यस् सम्बन्धमा केही हदसम्म कार्य गरेको भएपनि डलरको खेतीमा गरिने कार्य नेपालको हितका लागि नहुने कार्यक्रममा बोल्ने अधिकाशंले बताए। 



कार्यक्रममा पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका सिईओ राजेन्द्र सुबेदी,नेबिसंघका जिल्ला सचिब बिष्णु पोखरेल,यादब भट्टर्राई,बसन्त श्रेष्ठ,पत्रकार दिनेश पाण्डे,कपिल ज्ञवाली,उमाकान्त पाण्डे,कमल थापा लगायतले बोल्दै अभियानको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।



अभियानका लुम्बिनी अञ्चल निर्देशक सुमन श्रेष्ठको सभापतित्व,रोशि लिगलको स्वागत मन्तब्य एवम अर्जुन खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा आफ्नो अभियान बारे कार्यक्रम संयोजक नबिन पन्थले प्रस्ट्र पारेका थिए।