कृषि उद्यम पाठ्यक्रम सम्बन्धि तालिम खाँचीकोटको डिहिडाँडामा सम्पन्न

– प्रेमनारायण आचार्य


  अर्घाखाँची ६ भदौ । अर्घाखाँचीको खाँचीकोट गाविसको डिहिडाँडामा कृषि उद्यम पाठ्यक्रम सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।


   आदर्श समाज अर्घाखाँचीको आयोजना र हर्डेक र नीटको सहयोगमा संचालन गरिएको तालिममा २१ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।


   अरु पेशा भन्दा यो पेशा ब्यबहारिक र ज्ञानबद्र्धक भएको बताउदै यस तालिमले आफुहरुको जीबन स्तर उकास्न र कृषि पेशालाई ब्यबसायीक बनाउन सहयोग  पुग्ने तालिममा सहभागि रीता भटराइले बताउनु भयो ।


  तालिमको सहजीकरण हर्डेकका भरत थापा र धनीश्वर पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु