अर्घाखाँचीमा भाइरलका बिरामीको संख्यामा बृद्धि

– प्रेमनारायाण आचार्य

 

अर्घाखाँची ७ भदौ । अर्घाखाँचीको जिल्ला स्वास्थ्य कार्यलयमा  सन्धिखर्कमा भाईरल ज्वरोका विरामीको संख्यामा बृद्धि भएको छ । 


   पहिला २५ देखि ३० बिरामी आउने गरेकोकोमा  गतहप्तादेखि  दैनिक ५० देखि ६० सम्म भाईरल ज्वरोका विरामीहरु आउनेगरेको जिल्ला स्वास्थ्य कार्यलयका  हेल्थ असिटेन्ट युवराज खनालले बताएका छन ।


   शुरु शुरुमा घाँटी दुख्ने टाउको दुख्ने रुघाखोकी लाग्ने बच्चाहरुलाई निमोनिया हुने र पछि कडा ज्वरो आउनुका साथै टाईफाईड र मस्तिष्क ज्वरो आउनेलगायतका लक्षण देखिएको खनालले बताएका छन । बिरामी हुनेहरुमा अधिकांस ग्रामीण भेगका रहेका छन् ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु