सिरियाको राजधानी दमस्कसमा विद्रोही र सरकारी सेना विच भीषण युद्द जारी
भाद्र ८ गते, २०६९ मा प्रकाशित
अर्घाखाँची डट्कमलाई थाहा भए अनुसार सिरियाको राजधानी दमस्कस र एलेप्पो शहरमा विद्रोही र सरकारी सेना विच भीषण युद्द भईरहेको छ।
राजधानी दमस्कसमा विद्रोही विरुद्धको भीषण सरकारी कारवाहीमा सयौ मानिस मारिएका छन् ।
सेनाले घर घरमा घुसेर मानिसहरुका कागजात माग्दै केही शंकास्पद व्यक्तिहरुलाई मारेको विपक्षीले आरोप लगाएका छन् ।
मारिने अधिकाशसलाई टाउको, घांटी र मुखमा गोली हानिएको जनाईएको छ ।
सरकारी टेलिभिजनले दर्जनौं आतंककारीले आत्मसमर्पण गरेको र केही कारवाहीका क्रममा मारिएको जनाएको छ ।
यसैगरी अर्घाखाँची डट्कमलाई थाहा भए अनुसार सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका संयुक्तको समय पदावधि सकिएपछि त्यहाँ रहेका सबै प्रतिनिधि टोलीले सिरिया छोडी सकेका छन।
सबैभन्दा ठुलो शहर एलोप्पोमाथि नियन्त्रण जमाउन सरकारी सेना र विद्राही पक्षविच भिषण संघर्ष जारी छ । भने देश भर दुवै पक्ष बिच भीषण लडाई जारी छ।
यसैगरी अमेरिकी राष्ट्रपति बाराक ओबामा र ब्रिटिश प्रधानमन्त्री डेभिड केमरूनले सिरियामा जारी द्धन्दको क्रममा सिरिया सरकारले रासायनिक हतियार प्रयोग गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन। उनिहरुले सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेमा हस्तक्षेप गर्ने चेतावनी समेत दिएका छन।
सिरियामा विद्रोही फ्रि सिरियन आर्मीलाई विदेशी सहयोग प्राप्त भईरहेको भन्ने बारेमा रुस र चीनले आरोप लगाईरहेको बेला अमेरिकाले हस्तक्षेपको चेतावनी दिएको हो । सिरियालाई इरानले सहयोग गर्ने बचन दिईरहेकोमा पनि अमेरिकाले चिन्ता ब्यक्त गर्दै यो अमेरिकाको निकट सहयोगी इजरायलका लागि समेत चुनौतिको विषय भएको उल्लेख गरेको छ । सिरियामा विश्वको चौथो ठूलो रासायनिक हतियारको भण्डारण रहेको बताईएको छ ।
उता, सिरियाका लागि नवनियुक्त दुत लख्तर ब्राहिमीले राष्ट्रपति असाद हट्नु पर्ने कुरा भन्न हिच्किचाएको भन्दै पश्चिमा देशहरुले आलोचना गरेका छन् ।
सिरियामा गत वर्षको मे महिना यताको संघर्षमा २३ हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।