सिँचाइ मन्त्रालयकी सचिव वृन्दा हाडालाई साविककै पदमा काममा लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएकी सिँचाइ मन्त्रालयकी सचिव वृन्दा हाडालाई  साविककै पदमा काममा लगाउन  सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।


समाचार अनुसार न्यायाधीश डा भरतबहाहादुर कार्कीको एकल इजलासले सो आदेश जारी गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यसचिव, सिँचाइ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।


सचिव हाडालाई निजामती सेवा नियमावलीको नियम ३६(१२) विपरीत काजमा खटाइएको, काजको कारण नखुलाइएको, आफूलाई आफूभन्दा मुनिका कर्मचारीको मातहतमा राखिएको आरोप लगाउँदै सचिव हाडाका तर्फबाट तोयनाथ ढुङ्गानाले गत मङ्लबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।