अपराधमा संलग्नहरुलाई सत्य निरुपण आयोग बनाई आममाफी दिने षडयन्त्र भईरहेको भन्दै नागरिक अभियानद्धारा आपत्ति

काठमाडौं  । हत्या, बलात्कार, बेपत्ता पार्ने जस्ता अपराधमा संलग्नहरुलाई सत्य निरुपण आयोग बनाई आममाफी दिने षडयन्त्र भईरहेको भन्दै नागरिक अभियानले आपत्ति जनाएको छ । आज राजधानीमा आयोजित अन्तरक्रियाका सहभागीहरुले आयोग बनाएर सत्यतथ्य बाहिर ल्याई कारबाही चलाइनु पर्नेमा उल्टै आममाफी दिने खेल भईरहेको भन्दै आपत्ति जनाएका हुन ।


अध्यादेश मार्पmत ऐन ल्याएर सरकारले आयोग गठन गर्न खोजिरहेको बेला आममाफी विरुद्ध नागरिक अभियानले जघन्य अपराध गर्नेहरुलाई कुनैपनि हालतमा माफी दिन नहुने बताएको हो ।


दोषीहरुलाई आममाफी दिने प्रयास गरिए यो अन्तरिम संविधान, बृहत् शान्ति सम्झौता र सर्वोच्च अदालतको आदेश विपरित हुनेतर्पm पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

– RSS