LIVE: न्यूयोर्कबाट प्रत्क्षय भिडियो लाईभ । अमेरिकाको न्यूयोर्क शहरको ऐतिहासिक एम्पायर स्टेट बिल्डिंगको नजिक शुक्रबार बिहान भएको घटनामा आक्रमणकारीसहित कम्तिमा २ जनाको ज्यान गएको छ ।
न्यूयोर्क अफिस अफ इमरजेन्सी म्यानेजमेन्टले सिएनएनलाई जनाएअनुसार स्थानीय समयअनुसार बिहान ९ बजे कम्तिमा १० जनमाथि गोली प्रहार भएको छ । शंकास्पद आक्रमणकारी प्रहरीको गोलीबाट मारिएको छ । घटनामा एक महिलाको पनि ज्यान गएको छ । व्यस्त पर्यटकीय स्थलमा प्रवेश गर्न मानिसहरु लाइनमा बस्दै गर्दा यो घटना भएको सिएनएनले जनाएको छ ।
न्यूर्योक सिटीका मेयर माइकल ब्लुमबर्गले स्थानीय समयअनुसार ११ बजे घटनाबारे बोल्ने सञ्चारमाध्यमले जनाएका छन् ।
घटना आतंकारी आक्रमण नभएको सुरक्षाकर्मीले जनाएका छन् । तर, घटनाको कारण भने स्पष्ट हुन सकेको छैन ।
घटनमा गम्भीर घाइते भएकाको बेलेभ्यु हस्पिटल र अन्यलाई रोजभेल्ट हस्पिटल सेन्टरमा उपचार भइरहेको छ ।
दि न्युर्योक टाइम्सले जनाएअनुसार घरेलु बिबादले यो घटना भएको केही सुरक्षाकर्मीको भनाई छ भने अर्काथरीले लुटपाट वा सडकमा भएको विवाद चर्केर घटना भएको हुन सक्ने अनुमान गरेका छन् । थर्टीफोर्थ स्टि्रट र फिफ्थ एभेन्युवीचमा पर्ने अम्पायर स्टेट बिल्डिङ भएर जाने एक प्रत्यक्षदर्शी महिलाले न्यूयोर्कटाइम्ससग भनिन्, ‘डेन्टिस्ट अफिस नजिकैबाट बाहिर आउदै गर्दा मैले बन्दुक पड्केको आवाज सुनें, मलाई निकै डर लागिरहेकेा छ ।’
अमेरिका मा पछिल्ला महिनामा बन्दुक आक्रमणको घटना बढ्दै गएको छ । यसअघि भारतीय मुलको शिखहरुमाथि भएको यस्तै आक्रमणमा कम्तिमा आधा दर्जनको ज्यान गएको थियो ।