फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१२ को शक्तिशालीको सूचिमा जर्मन चान्सलर एन्जेला मर्केल विश्वकी सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । ५८ वर्षे एन्जेला फोब्र्सको सूचिमा पहिलो नम्बरमा पर्न सफल भएकी हुन् । शक्तिशाली महिलाको दोश्रो नम्बरमा ६४ बषिर्य अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन परेकी छिन् ।
ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफ विश्वकी सबैभन्दा शक्तिशाली महिलाको सूचिमा तेश्रो स्थानमा छिन् । त्यस्तै चौथो स्थानमा बिल गेट्सकी पत्नी मेलिन्डा गेट्स, पाँचौ स्थानमा न्युयोर्क टाइम्स पत्रिकाकी कार्यकारी सम्पादक जिल एब्राम्सन परेकी छिन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामकी पत्नी मिसेल ओबालाई पछि पार्दै भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धी शक्तिशाली महिलाको छैठौँ नम्बरमा उक्लिएकी छिन् । मिसेल सातौँ स्थानमा झर्दा अन्तराष्टिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लेगार्ड आठौँ स्थानमा परेकी छिन् । त्यस्तै अमेरिकी गृह सुरक्षा मन्त्री जेनेट न्यापोलिटानो नबौँ तथा फेसबुककी मुख्य संचालन अधिकृत (सिओओ) सेरिल स्याण्डबर्ग दशौँ शक्तिशाली महिलाको रुपमा रहेकी छिन् ।
त्यस्तै चौधौँ स्थानमा गायिका लेडी गागा, तथा उन्नाइसौ स्थानमा बर्माकी प्रजातन्त्रवादी नेतृ सुकी परेकी छिन् । बेलायती महारानी एलिजाबेथ २६ औं, अस्टेलियाकी प्रधानमन्त्री जुलिया गिलार्ड २७ औँ, थाइल्याण्डकी प्रधानमन्त्री यिंगलक सिनावात्रा ३० औँ शक्तिशाली महिला बन्न सफल भएका छन ।
– Agencies