अबैध रुपमा एशिया निर्यात गर्न लागिएको १६ हजार जल घोडा पेरुमा बरामद

अबैध रुपमा एशिया निर्यात गर्न लागिएको १६ हजार जल घोडा पेरु प्रहरीले बरामद गरेको छ ।


१ सय ५० किलो भन्दा बढी जलघोडा राजधानी लीमाकेा हवाई अड्डा नजिकै बरामद गरिएको अधिकारीहरुले बताएका छन् । प्रहरीलाई देखेपछि तस्करहरु सामान छोडेर भागेका थिए ।


चीन, जापानसहितका एशियाली देशमा जलघोडाबाट बनेको पाउडर माग उच्च छ । यसलाई कामोत्तेजना बढाउन प्रयोग गर्ने गरिन्छ भने औषधिका रुपमा पनि लिइन्छ । प्रहरीका अनुसार सुमुन्द्री घोडाबाट बनेको पाउडर प्रतिकिलो ६ हजार डलरसम्म विक्रि हून्छ ।


पेरु सरकारले सन २००४ देखि जलघोडालाई लोपन्मुख प्रजातिमा राख्दै मार्न प्रतिबन्ध लगाएको थियो । उत्तरी पेरुको गरम पानी समुन्द्री घोडाको प्रजाति बढाउन अनुकुल मानिन्छ ।

 

– Agencies