खुल्ला दिसा मुक्त अर्घाखाँची हाम्रो पहिचान

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची ९ भदौ । हाम्रो गौरब हाम्रो स्वभिमान खुल्ला दिसा मुक्त अर्घाखाँची हाम्रो पहिचान भन्ने  नाराका साथ पुर्ण सरसफाइका लागि क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत शिक्षक  तालिम आज देखि सन्धिखर्कमा सुरु भएको छ ।

 

  जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीको आायोजना इकार्डस नेपाल र प्रकास सचेतन समुह प्रागको सहजीकरणमा सुरु भएको तालिममा  बागी गाविसका १२  बिद्यालयका २८ जना र धारापानी गाविसका १० बिद्यालयका  २७ जना शिक्षकको सहभागिता रहेको छ ।

 

    तालिमको आज एक कार्यक्रमका बिच स्थानीय बिकास अधिकारी तथा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समितिका अध्यक्ष हेमराज भुसालले मैनबत्ती प्रज्वलित गरेर उद्घाटन गर्नु भएको हो ।

 

   तालिमको सहजीकरण अरुण खनाल कृष्ण अधिकारी  जगतराज रेग्मी बिनोद प्रसाद शर्मा कृष्ण जिसी र मोहन पौडेलले गर्नु हुनेछ ।

 

कार्यक्रमको उद्घाटन समारोह प्रागका प्रेमनारायण गैरेको संचालन र जिल्ला शिक्षा कार्यलयका नरेन्द्र बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु