रौतहटको लक्ष्मीपुर घाटमा डुंगा पल्टँदा दुईजनाको मृत्यु

रौतहट – प्राप्त समाचार अनुसार रौतहटको लक्ष्मीपुर घाटमा शनिबार अपराह्न डुंगा पल्टँदा दुईजनाको मृत्यु भएको छ । डुंगामा सवार करिब २ दर्जनभन्दा बढी मान्छे हराएको प्रहरीले जनाएको छ ।


समाचार अनुसार  सर्लाहीबाट रौतहट तर्फ आउँदै गरेको डुंगा बागमती नदीमा पल्टेको थियो । डुंगामा करिब ३० जना चढेको प्रारम्भिक अनुमान छ । बेपत्ता हुनेको खोजी जारी रहेको प्रहरी उपरीक्षक ठूले राईले बताए ।


मृत्यु हुनेको सनाखत नभएको प्रहरीले जनायो । नदीबाट उद्धार गरिएका ३ जनाको गौर अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।