भेनेजुयलाको फाल्कन राज्यको अमुयास्थित एउटा ठूलो तेल प्रशोधन केन्द्रमा विष्फोट हुंदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । विष्फोटमा ५० भन्दा बढी घाइते भएका छन् ।
स्थानीय गभर्नरका अनुसार रातको समयमा ग्यासको ट्यांक पड्किएको र यसबाट तेल प्रशोधन केन्द्र र नजिकका घरहरुमा पनि क्षति पुगेको थियो । विश्वकै ठूलो अमुया तेल प्रशोधन केन्द्रमा दैनिक करिब ६ लाख ४५ हजार ब्यारेल तेल प्रशोधन हुने गर्छ ।
– एजेन्सी