भारतको आसममा शनिबार भएको हिंसामा ५ जनाको मृत्यु भएको छ । यससँगै आसममा मानिनेको संख्या ८१ पुगेको छ । हिंसाग्रस्त चिरांगको बिजनी कस्बेमा ५ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनापछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू लगाएमको छ ।
बोडो आदिवासी समूह र मुसलमानका बीचमा सुरु भएको हिंसाका कारण ५ लाखभन्दा बढी विस्थापित भइसकेका छन् । कोकराझाड, चिरांग र धुबरी जिल्ला हिंसाबाट सबैभन्दा बढी प्रभावित छ ।
– Agencies