पाकिस्तानका प्रधानमन्त्री अशरफ अदालतको अवहेलना गरेको सम्बन्धी मुद्धाको सुनुवाईका लागि अदालतमा उपस्थित

पाकिस्तानका प्रधानमन्त्री परवेज अशरफ अदालतको अवहेलना गरेको सम्बन्धी मुद्धाको सुनुवाईका लागि आज सर्वोच्च अदालतमा उपस्थित भएका छन।

 

 पाकिस्तान पिपुल्स पार्टी र उसका सहयोगी दलहरुबीच आइतबार राती भएको छलफल पछि प्रधानमन्त्री अशरफ अदालत समक्ष पेश हुने निष्कर्शमा पुगेको थिए।


करिब डेढ घण्टा चलेको बैठकमा सरकार बिरुद्ध अदालतमा चलिरहेको मु्द्धाको सामना गर्ने बिकल्पहरुबारे छलफल भएको थियो ।

 

सर्वोच्च अदालतले प्रधानमन्त्री परवेज अशरफलाई राष्ट्रपति आसिफ अली जर्दारी बिरुद्ध भ्रष्टाचारको मुद्धामा फेरि कारबाही अगाडि बढाउन दिएको आदेश पालना नगरेको भन्दै अदालती अवहेलनाको आरोपमा नोटिस जारी गरेको थियो ।

 

– Agencies