अफगानिस्तानको हेलमन्द प्रान्तमा भएको आक्रमणमा १० अफगानी सैनिक मारिए

अफगानिस्तानको दक्षिणी हेलमन्द प्रान्तमा भएको पछिल्लो आक्रमणमा १० अफगानी सैनिक मारिएका छन् भने ४ जना घाइते भएका छन् ।

 

वसिर जिल्लाको सुरक्षा चेक पोष्टमा गराइएको आक्रमण पछि अन्य ५ जना सैनिक हराइरहेको प्रान्तिय सरकारले जनाएको छ ।

 

तर ती सैनिकलाई आक्रमणकारीले अपहरण गरेको शंका गरिए पनि यसको पुष्टि भएको छैन ।

 

आक्रमणको जिम्मा कुनै पनि समुहले लिएको छैन । – Agencies