मतभेदका बीच फेरि सरकारले चार वटा अध्यादेश राष्ट्रपति समक्ष पठाउने

काठमाडौ  । निर्वाचन सम्बन्धी दुई अध्यादेश राष्ट्रपतिले जारी गर्न अस्विकार गरेपछि मतभेद बढिरहेको बेला फेरि सरकारले चार वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न चार वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

 

प्रधानमन्त्री कार्यालयमा जारी बैठकले बेपत्ता भएका ब्यक्तीहरुको छानविन तथा सत्य निरुपण मेलमिलाप अध्यादेश, शिक्षा ऐन आठौ संसोधन अध्यादेश, निजामती कर्मचारी ऐन तेस्रो संसोधन अध्यादेश र स्वास्थ्य सेवा ऐन चौथो संसोधन अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले जानकारी दिए ।


यसैगरीे बैठकमा कायममुकाम प्रहरी महानिरीक्षकको टुङ्गो लगाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रविन्द्रप्रताप शाहको यही भदौ २९ गतेदेखि पदाधिवधि सकिँने भएकोले भावी महानिरिक्षकको रुपमा कायममुकायमको खोजी थालिएको हो ।  नवराज ढकाल, कुवेरसिंह राना र भीष्म प्रसाईमध्येबाट एकजनालाई वरिष्ठताको आधारमा कायम मुकायम प्रहरी निरीक्षकमा चयन गरिने सम्भावना रहेको छ ।

 

स्रोतका अनुसार गृहमन्त्री विजयकुमार गच्छदार प्रसाईलाई महानिरिक्षक बनाउने पक्षमा छन भने प्रधानमन्त्री रानाको पक्षमा रहेका छन् ।

– RSS