सामाजिक रुपान्तरणमा युवा अभियानको सचेतना मुलक नारा लिएर लुम्बिनी अञ्चलको यात्रामा निस्केको यात्राटोलीलाई अर्घाखाँचीमा भब्य स्वागत

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची  “सामाजिक रुपान्तरणमा युवा अभियान” को सचेतना मुलक नारा लिएर लुम्बिनी अञ्चलको यात्रामा निस्केको यात्राटोलीलाई अर्घाखाँचीमा अर्घाखाँची डटकमले भब्य स्वागत गरेको छ। अर्घाखाँची डटकमका प्रमुख श्री मेहर सिंह के. सीले सो टोलीलाई सन्धिखर्कमा  रातो टिका लगाएर   र  खादा ओडायर  स्वागत गर्नुभएको थियो। सो युबा सन्जालले गरेको सो,चेतना मुलक र परिब्रतनगामी यात्राको मुक्त कन्ठले प्रसशा गर्नु भ्एको थियो।  प्रमुख  के. सीले   सो भम्रण टोलिको यात्राको  सफलताको लागि कामना ब्यक्त गर्नु भ्एको थियो। लुम्बिनी अञ्चलका सबै जिल्लामा गत बिहीवारदेखी रुपन्देही को बुटवल बाट सुरु गरेको यात्रा  सन्धिखर्कमा आएको हो ।

 


 

१ हप्ते सचेतनामूलक यात्रा गरेको टोलीलाई मुर्गियाको रेडियो मलमला बाट बिदाइ गरिएको थियो । टोली लाई कपिलवस्तुमा भब्य स्वागत गरिएको थियो । त्यहा स्थित स्थानिय प्रशासन , युवा संघसस्था तथा आम संचारमाध्यम संघसस्थाले सम्युत्त रुपमा स्वागत तथा सम्मान गरेका हुन । युवाहरुको सन्जाल कमअन युथ स्ट्यान्डप बुटवलको आयोजना तथा आफुले पकेट खर्चबाट बचाएको रकमले यो यात्रा तय गरेका हुन । राष्ट्र र राष्ट्रियता प्रती युवाहरु उदासिन बन्दै गएकोले युवा शत्तीलाई सामाजिक परिवर्तनका लागि सकरात्मक एवम एवम रचनात्मक कार्यमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले गाउगाउका युवाहरुलाई जाग्रित गराउने उद्देश्यले यो टोलीले सचेतना यात्रा गरेका हुन ।

 


 

अहिले नगरे कहिले?हामीले नगरे कसले? भन्दै निस्केको टोली रुपन्देहीको मुर्गिया,कपिलवस्तुको चार नम्बर तथा अर्घाखाँचीको ठाडा दह,नरपानी , फुदवाङ बजार अर्घाखाँचीमा बिशेष कार्यक्रम गर्दै टोली सन्धिखर्कमा आइपुगेको हो । यात्राको क्रममा आम युवाबाट सकारात्मक पहल गर्ने तथा अब समाज रुपान्तरणमा आफुहरु लाग्ने प्रतिबद्दता जनाएको कमअन युथ स्ट्यान्डप बुटवलका लुम्बिनी अञ्चल छेत्रीय निर्देशक सुमन श्रेष्ठले जानकारी दिए । समाजिक रुपान्तरणका लागि युवाहरु एक हुनु पर्ने र त्यसैका लागि सुचना र सन्देश सहित यात्रा तय गरिएकोले ठाउँठाउका युवाहरुले एक्यवदत्ता जानाउदै टोलीलाइ साथ दिएको यात्र सयोजक नविन पन्तले बताए ।

 


 

यात्रामा कम अन युथ स्ट्याण्ड अपका पदाधिकारी,सदस्यहरु युवा जागरण अभियानका पदाधिकारी पत्रकार लगायत रहेका छन । टोलीमा अर्घाखाँची डट्कमको तर्फबाट उमाकान्त पाण्डे गाउंलेले साथ दिएका छन । टोलीले जिल्लामा रहेका स्थानिय युवाहरु सग छलफल तथा अन्तर्कृया गर्ने छ ।

 



साथै टोलीले  सन्धिखर्कमा एक कार्यक्रम गरी “शिक्षामा खोज” नामक डकुमेण्ट्री फिल्म प्रदशन गरेको छ। सन्जालले सन्धिखर्क बाट गुल्मीको तम्घास साथै अन्य ५ स्थानमा कार्यक्रम गर्ने तय गरेको छ। त्यसैगरी पाल्पाको हार्थोक , तानसेनको टुडिखेल तथा दोभानमा समेत त्यहा रहेका युवासन्जाल सगं प्रत्यक्ष भेटेर अन्तर्कृया गर्ने छ । टोली पाल्पा बाट बुटवल आउने र अर्को दिन नवलपरासी पुगेर त्यहा रहेका युवासंघसस्था तथा आफ्ना सन्जालसग भेटेर त्यहारहेका स्थानिय युवाहरुसग छलफल गरी लुम्बिनी पुगेर आफ्नो यात्रालाई समापन गर्ने जनाएको छ।

 


 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु