– वीरेन्द्र केसी
अर्घाखाँची – शान्ति तथा पुननिर्माण मन्त्री टोपबहादुर रायमाझीले सामुदायिक वनमा काठ फाँडनीले वन सखाप भएको दावी गरेका छन ।
अर्घाखाँची सभागृह उदघाटन गर्दै मन्त्री रायमाझी ।
जिल्लाको दक्षिणी भेग सिद्धारा सिमलपानी ठाडा जलुके लगायतका गाविसबाट ठुलो संख्या काठ चोरी भएको बताए । पश्चिमाञ्चल क्षेत्रकै दोस्रो ठुलो अर्घाखाँची सभागृहको उदघाटन गर्दै उनले सामुदायिक वनको नाममा काठ काटेर सखाप पार्ने काम भएकाले कारवाही गर्नुपर्ने बताए ।
सभागृह उदघाटन पछि सम्बोधन रायमाझी ।
सामुदायिक वनबाट कसले फँडानी गरेको भन्नेबारे उनले केही खुलाएनन् । सामुदायिक वन संरक्षणको नाममा फाँडानी गर्दै वनै सखाप पार्ने काम भएको आरोप लगाए । सिद्धारा जस्तो ठुलो जंगल भएको गाविसमा संरक्षणको नाममा मास्ने काम भएको मन्त्री रायमाझीको दावी छ ।
अर्घाखाची सभागृह उदघाटनमा सहभागीहरु ।
वन र घडेरी प्लटिङ बजारीकरणको बारेमा आक्रोशित भएका उनले सन्धिखर्कका घर बनाउँदा सडकै मिचिएको र व्यापक रुपमा सार्वजनिक जग्गा अतिक्रमण भएको बताए । सडक मिचेर र सार्वजनिक जग्गामा अहिले घर बनाएपछि भोली सरकारले भत्काउँछ; उनले भने सरकारले चायो भने जे पनि गर्न सक्छ काठमाण्डौका भत्कायो भने अरु बजारमा सामान्य हो । जग्गा मिचेर बनाईएका पुर्वराजा ज्ञानेन्द्र र पारस बस्ने दरवारका पर्खाल र वाल भत्काएको सरकारले अरु क्षेत्रमा पनि भत्काउ सक्ने भएकाले सार्वजनिक जग्गा अतिक्रमण गरी मिचिएर बनाईएका घरहरु भत्काउने सक्ने भएकाले जग्गा बिुत्री गर्ने र किन्नेर घर बनाउनेहरु होसियार बन्न चेतावनी दिए । सन्धिखर्क चुत्रावेशी लगायतका बजारमा व्यापक रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घरहरु बनाउने गरिएको रायमाझीले दावी गरे ।
नवनिर्मित पश्चिमाञ्चल कै दोस्रो ठुलो अर्घाखाँची सभागृह ।
७ करोड २२ लाख ७६ हजार ८ सय ४१ रुपैयाँको लागतमा सम्पन्न सभागृहको बैठक कोठा र सभाहलमा कुर्ची राख्ने काम वाँकी रहेको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।