मंगल ग्रहमा क्यूरिओसिटीको पहिलो पाइला

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको क्यूरिओसिटी रोवरले आफ्नो काम सुरु गरेको छ । दुई हप्ताअघि मंगल ग्रहमा सफल अवतरण गरिएको क्यूरिओसिटीका ६ वटै पाङग्रा बुधबार घुमेका छन् ।

त्यसपछि रोवर ४।५ मिटर अघि बढ्यो भने घडीको सुई दिशा १ सय २० डिग्रीमा घुम्यो र २।५ मिटर पछि हट्यो । यससँगै रोवरको सम्पूर्ण इन्जिनले काम गरिरहेको पुष्टि भएको छ । सेन्सर सर्किटमा क्षति पुगेपछि रोवरले काम गर्नेमा धेरैले आशंका गरेका थिए । मंगलग्रहमा मानव जीवनको सम्भाव्यता अध्ययनका क्रममा क्यूरिओसिटी रोबर कम्तिमा २० किलोमिटर दुरी पार गर्नेछ ।