राजधानीका होस्टलबाटै विद्यार्थीले लागूऔषध कारोबार गर्दै आएको भेटिएको छ । कारोबारमा संलग्न नेपालगन्जका रोहित पुन र हुम्लाका भीम एडी लागूऔषधसहित पक्राउ परेका छन् ।
२० वर्षे पुन बुद्धनगरस्थित ग्लोबल ब्वाइज होस्टलमा बसेर होटल म्यानेजमेन्टमा स्नातक गर्दै छन् । २१ वर्षे एडी मध्यबानेश्वरको ुनवजीवन ब्वाइज होस्टलु मा बस्छन् । लागूऔषध कानुुन कार्यान्वयन इकाईले दुवैको कोठाबाट गरी १४ ग्राम खैरो हेरोइन बरामद गरेको हो । इकाईका एसपी शेरबहादुर बस्नेतका अनुसार यी दुईले होस्टल र आफू पढ्ने क्याम्पसका युवालाई लागूऔषध लतमा पारिसकेका छन् ।
ुसूचना पाएपछि १६ घन्टा सर्च अप्रेसन गर्दा लागूऔषध प्रयोग गर्ने १८ युवा फेला परे,ु उनले भने ुउनीहरूमार्फत कारोबार गर्ने यी दुई विद्यार्थीसम्म पुगियो ।ु ती १८ जनालाई अभिभावकको जिम्मा लगाइएको छ ।
प्रहरीका अनुसार पुन र एडी हरेक साता नेपालगन्ज पुगेर एउटै गिरोहबाट किनी खैरो हेरोइन काठमाडौं ल्याउँथे । दुव्र्यसनीबीच नेपालगन्जको हेरोइनलाई राम्रो मानिन्छ । पक्राउपछि प्रहरीले दुबै होस्टलमा छापा मारेको थियो । ुहोस्टल त दुुव्र्यसनीको अखडा रहेछ,ु एसपी बस्नेतले भने, ुग्लोबलमा कोठाबाट लागूऔषध गनाइरहेको थियो । ओछ्यान, सिरक, डसना र सिरानी त्यस्तै फोहोर थिए ।ु तीनतले होस्टलमा २५ भन्दा बढी विद्यार्थी बस्छन् । प्रहरीले सुरक्षागार्ड, अनुुशासन शिक्षक, सञ्चालक कसैलाई फेला पार्न सकेको छैन । नवजीवन होस्टलको हालत पनि उस्तै रहेको प्रहरीले जनाएको छ । थालमा लागूऔषध राखेर तलबाट लाइटरले तातो दिई सुँघ्ने गरेको देखिएको छ । त्यहाँ बाहिरका लागूऔषध प्रयोगकर्ता समेत आउने गरेको पाइएको छ ।
होस्टल सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठलाई बन्द गर्न निर्देशन दिएका छौं, बस्नेतले भने ।
यसैबीच राजधानीको ठमेलमा ुफरइभरु कार्गो सञ्चालन गरेका किरण आचार्यले दुई किलो चरेस रसिया पठाउन लाग्दै गर्दा बरामद भएको छ । सुन्धारास्थित गोश्वारा हुलाक भन्सार कार्यालयमा कार्गो बाकसबाट चरेस भेटिएपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको छ ।