काठमाडौ । राष्ट्रिय जनशक्ती पार्टीका महामन्त्री केशरबहादुर विष्ट पार्टीबाट निस्कासनमा परेका छन् । पार्टी अध्यक्ष सुर्यबहादुर थापाले आज एक विज्ञप्ति प्रकाशित गरेर पार्टी नीति र हित विपरित गतिविधी गरेको अभियोगमा पार्टीबाट निकालेको स्पष्ट पारेका छन् ।
स्रोतका अनुसार पार्टीको लोकतान्त्रिक गणतन्त्रको लाईन विपरित षडयन्त्र गर्दै संबैधानिक राजतन्त्र मान्ने कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालसँग पार्टी एकता गर्ने भन्दै अभियान चलाए पछि उनी कारवाहीमा परेका हुन । RSS