भारतको गुजरातस्थित नरोडा पाटियामा भएको नरसंहार मामिलामा दोषी पाइएकी पूर्वमन्त्री तथा भारतीय जनता पार्टीकी नेतृ माया कोडनानीलाई आज त्यहाँको एक विशेष अदालतले २८ वर्ष कारागारको सजाय सुनाएको छ ।
उक्त नरसंहारका अर्का दोषी पार्टीका नेता बाबू बजरंगीलाई आजीवन जेल सजायको फैसला तोकिएको छ । सन् २००२ मा भएको उक्त घटनाको १० वर्षपछि सजाय सुनाइएको हो ।
उक्त नरसंहारमा ९७ जना मुसलमानको मृत्यु भएको जनाइएको छ । पूर्वमन्त्री कोडनानीलाई त्यहाँको कानून बमोजिम एउटा धारामा दोषी ठहरगरी १८ वर्ष र अर्को धारा बमोजिम १० वर्ष कैद सजाएको फैसला गरिएको हो । अब कोडनानीले जेलमा २८ वर्ष बिताउनु पर्ने बीबीसीले जनाएको छ ।
१० वर्षअघि भएको उक्त घटनामा ३२ जनालाई दोषी ठहर गरिएको थियो, जसमध्ये ३१ जनालाई जेल चलान गरिएको थियो भने अर्का १ दोषी आजसम्म फरार रहेको समेत जनाइएको छ । नरसंहरका अन्य दोषीहरु मध्ये ७ जनालाई ३१